२०७७ चैत्र ३० , सोमवार

मुलुक गम्भीर मोडमा : प्रधानमन्त्री ओली

सुनाखरी न्युज/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका हुन् ।

 

‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ’ ओलीले भने, ‘पार्टीभित्र बाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’ ओलीले बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए ।

 

प्रधानमन्त्री ओलीले भनेका थिए्, ‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ रु राजीनामा दिन मिल्छ रु मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहो¥याएर भनेको छु, फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’अहिले ओलीको राजीनामा कसैले नमागेपनि ओली आफैले राजीनामाको प्रसंग निकालेकोमा उनको आलोचना समेत भइरहेको छ ।