२०७७ चैत्र ३१ , मंगलबार

एक्साइडको नयाँ ब्याट्रीबजारमा

सुनाखरी न्युज/ काठमाडौं-
७४ एम्पियरको EXIDE EPIQ DIN नामको नयाँ ब्याट्रि नेपालीबजारमा ।एक्साइड इन्डस्ट्रिजकानेपालस्थितआधिकारिक बिक्रेतासिप्रदीट्रेडिङ्ग प्रा.लि.ले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसातगर्दै ७४ एम्पियरको EPIQ DIN ब्याट्रि ७७ महिनावारेन्टीकोसाथअत्याधुनिकगाडीहरुका लागिल्याएको छ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.अन्तर्गतएक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेश कुमार तिवारीकाअनुसार, ‘EPIQ DIN74 ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो। यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खियाकम गरी ब्याट्रीको जीवनअवधिलामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समय सम्म टिक्ने गर्दछ । यो EPIQ DIN74 ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्रहोइन छिटो चार्ज पनिहुने गर्दछ । EPIQ DIN74 ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथालामो समय सम्म ब्याट्री टिक्ने भएकोले हाम्रा ग्राहकहरुले यो ब्याट्रीलाई मनपराइदिनुहुन्छ भन्ने कुरामाहामीविश्वस्तछौं ।’

EPIQ DIN74 ब्याट्रीको राम्रो विशेषताभनेको वेट सेल्फलाइफहो । यो वेट सेल्फलाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुदैन । सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्मनिष्क्रियरुपले वाप्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर EPIQ DIN74 ब्याट्री ६ महिना सम्म पनिप्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन । त्यसपछिको समयमायदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ ।
EPIQ DIN74 ब्याट्रि बि एम डब्लु, सेभ्रोलेट,टाटा,फोर्ड रेन्जर,ह्युनडाई,मर्सिडिज बेन्ज, निसान,रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेलतथा पेट्रोल कारहरुमाप्रयोग गर्न सकिन्छ ।