२०७८ बैशाख ३ , शुक्रवार

प्रभु बैंकको २११औं शाखा नवलपरासीको देवचुली नगरपालिमा सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी (पुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नो २११औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकाय सँग समन्वय गरी बैंकले आफ्नो सेवाविस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखा बाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा ATM, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवाप्रवाह गरिरहेको छ ।