२०७८ बैशाख ४ , शनिवार

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।