२०७७ चैत्र ३० , सोमवार

नेप्सेमा सामान्य सुधार

सुनाखरी न्युजर/काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा साताको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.४० अंकले बढेर १ हजार ६ सय ४३ दशमलव ३ विन्दुमा कायम भएको छ ।

 

नेप्सेका अनुसार मंगलबार २ अर्ब २३ करोड ७९ लाख ६४ हजारको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूह बाहेक अन्य सबैमा हरियाली छाएको छ ।