२०७८ बैशाख ४ , शनिवार

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर नगरपालिका ३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

 

घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर पुर्यौई यौन शोषण तथा जबरजस्ती करणी गरेको भन्ने मानब बेचबिखन तथा ओसारपसार मुद्दामा घटना पश्चातत चन्र् बहादुर फरार रहेका थिए ।

 

फरार चन्द्र बहादुरलाई चितवन भरतपुर महानगरपालिका ५ तोरीखेत भन्ने ठाउँमा लुकिछिपी रहेको भन्ने विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।