२०७८ बैशाख ४ , शनिवार

माउन्टेन इनर्जीले १९ करोड ६८ लाखको आइपिओ जारी गर्दै

सुनाखरी न्युज/ काठमाडौं – माउन्टेन इनर्जी नेपालले साधारण शेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर आइपीओ निष्काशन गर्न लागेको हो ।

 

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिनेछ । उक्त आइपिओ कार्तिक २६ गतेबाट बजारमा आउनेछ । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन गरेको थियो । उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

 

साधारण शेयर आइपीओ को बारे अन्य विवरण तल दिइएको छ :