२०७७ चैत्र ३० , सोमवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।