२०७७ चैत्र ३० , सोमवार

अस्ट्रियाको भिएनामा आतंकवादी हमला

बीबीसी।

स्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एकजना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका छन्। राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ।

प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडिओमा देखिन्छ। घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा “घृणित आतङ्कवादी हमला” भनेका छन्।

एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ।

प्रहरीले एउटा प्रतिआतङ्कवादी कारबाही शुरू गरेको विवरणमा जनाइएको छ। “पटाका पड्केको जस्तै सुनिएको थियो, पछि गोली चलेको थाहा भयो,” एक प्रत्यक्षदर्शीको भनाइलाई राष्ट्रिय प्रसारक ओआरएफले उद्धृत गरेको समाचार संस्था एएफपीले जनाएको छ। मध्य भिएनाको ठूलो क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन्।