२०७७ चैत्र ३१ , मंगलबार

‘विवाहको रात नै थाहा भइसकेको थियो श्रीमतीसँगको झगडामा कहिल्यै जित्न सक्दिनँ’

एजेन्सी-
अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ । फिल्ममा कियारा आडवाणी उनकी श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्मको निर्देशन राघव लरेन्सले गरेका हुन् जसले यो फिल्मलाई तमिलमा बनाएका थिए ।

अक्षय कुमार आफ्नो नयाँ फिल्म ‘लक्ष्मी’ को प्रोमोशनका लागि कियरा आडवाणीसँग कपिल शर्माको शोमा पुगे । कार्यक्रममा अर्चना पूरन सिंहले पनि अक्षयलाई विभिन्न प्रश्न सोधेका छन् । अर्चनाले अक्षयलाई ‘के तपाईं घरमा किङ साइज लाइफ जिउनुहुन्छ ?’ भनेर सोध्दा उनले भने, ‘होइन, म कुनै पनि हालतमा यसरी बाँच्दिनँ ।’ त्यसपछि अर्चनाले सोध्छिन्, ‘तिमीहरु दुबैको झगडा भएमा कसको जीत हुन्छ ?’

अक्षय भन्छन्, ‘ट्वीङ्कल नै जित्छिन् ।’ त्यसपछि अर्चना भन्छिन्, ‘तिमीले कहिले थाहा पायौ कि तिमी कहिले पनि जित्न सक्दैनौ ?’ यसमा अक्षयले तुरुन्त भन्छन्, ‘विवाहको रात नै थाहा भइसकेको थियो ।’

स्मरण रहोस्, अक्षय यो कार्यक्रममा २५ पटक पाहुनाको रुपमा आइसकेका छन् । यस्तोमा शोमा नायकको सिल्भर जुबली हुँदा टीमका सबै सदस्यले उनलाई उपहार दिनेछन् । यतिबेला कपिल शर्माले अक्षय कुमारलाई नोट गन्ने मेसिन दिनेछन् । त्यसपछि अक्षय कुमारले कपिल शर्मालाई भन्छन्, ‘यो हो नोट गन्ने मेसिन जुन कपिलले आफ्नो घरबाट लिएर आएका हुन् । इन्डष्ट्रिको आधा पैसा त यही खातामा छ ।’ यो सुनेर सबै मानिसहरु जोड–जोडले हाँस्न थाल्छन् ।