२०७७ चैत्र २९ , आइतवार

गोरखामा कालोपत्र गरेको सडक भोलिपल्टै स्थानीयले उप्काइदिए (भिडिओ)

सुनाखरी न्युज/ काठमाडौं-

गोरखाको बाह्रकिलो(छेपेटार सडकखण्ड) कालोपत्र गरिएको सडक स्थानीय बासिन्दाले उप्काइदिएका छन्। गुणस्तरहीन कालोपत्र गरेको विरोधमा सोमबार बिहान स्थानीयले कालोपत्र उप्काएका हुन्।

यो सडक आइतबार कालोपत्र गरिएको थियो।

एघार किलो-छेपेटार-भालुस्वाँरा-बारपाक सडक आयोजाले एक करोड ७७ लाख रूपैयाँमा निर्माण व्यवसायी उत्तम भट्टको गोरखा एप्रोप्रियटलाई यो सडक कालोपत्रको जिम्मेवारी दिएको थियो।

सडकको धुलो राम्रोसँग नहटाइ काम गरेकोले कालोपत्र सेट हुन नपाएको स्थानीयको भनाइ छ।

धुलो सफा गरेर मात्रै कालोपत्र गर्न पटकपटक आग्रह गरे पनि निर्माण व्यवसायीले अटेरी गरेर गुणस्तरहीन काम गरेकोले विरोधमा उत्रनु परेको उनीहरूको भनाइ छ।

सडक निर्माणको जिम्मेवारी पाएको गोरखा एप्रोप्रियटका ईञ्जिनियर अबिजित कोइरालाले कालोपत्र सेट हुन नपाउँदै स्थानीयले उप्काइदिएको बताए।

सडक आयोजना कार्यालयले  भत्केका ठाउँमा निर्माण व्यवसायीले पुनस् कालोपत्रे गर्नुपर्ने बताएको छ।

तस्बिरः किशोरजङ्ग थापाको फेसवुकवाट