२०७८ बैशाख ४ , शनिवार

नेप्से ३.३३ अंकले घट्यो

सुनाखरी न्युज/ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार) घटेको छ । आज नेप्से ३.३३ अंकले घटेर १ हजार ६ सय ३७ दशमलव ६३ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजारको कारोबार भएको छ ।

 

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ। साेमबार काराेबार रकमकाे आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे १२ कराेड ४० लाख ९७ हजार ७ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।