२०७७ मंसिर १३ , शनिवार

अटो व्यवसायमा दशैंले दियो राहत

5-cars

सुनाखरी न्युज/काठमाडौं-

लामो समयसम्मको लकडाउनले समस्यामा परेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ ।  दशैंको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् ।

नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन ९नाडा० का अध्यक्ष कृष्णभक्त दुलाल दशैंले अटो व्यवासायीहरुलाई राहत दिएको बताउँछन् । लकडाउनका कारण सिथिल बनेको बजार साउन पछिको अवस्थामा केही माथि उठ्न सकेको उनले बताए ।

विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले ४ हजार १ सय ३३ कार÷जिप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको बताए । यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।

कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, संक्रमणको जोखिमका कारण पनि नीजि सवारी प्रयोग गर्नेहरुको संख्या बढेको बताए । सरकारले संक्रमणको जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ । तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् ।