२०७७ चैत्र ३० , सोमवार

कोरोना संक्रमणपछि हालसम्म १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

सुनाखरी न्युज/ काठमाडौं – कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएका हुन् ।

 

कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र ‘सीसीएमसी‘का अनुसार मुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएता अहिलेसम्म एकलाख भन्दा बढी विदेशवाट फर्केका हुन् । कोरोना संक्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै रहेको छ । सीसीएमसीका अनुसार अहिलेसम्म मलेसियाबाट १७ हजार ९ सय २४ जना, यूएईबाट ३५ हजार ९ सय ९२ जना, साउदी अरबबाट १७ हजार ३ सय २२ जना घर फर्केका छन् ।

 

त्यस्तै कतारबाट २३ हजार १ सय ३५ जना, कुवेतबाट नौ हजार ९ सय २३ जना, ओमानबाट दुई हजार १ सय २६ जना, बहराइनबाट एक हजार ३ सय ३९ जना नेपाली स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।