२०७७ चैत्र ३० , सोमवार

तरुण दलले दियो शिक्षण अस्पताललाई ४००० मास्क र ३० थान पिपिई

सुनाखरी न्युजर/काठमाडौं –  नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले कोरोना भाईरस उपचारमा सहयोगको लागि  ४००० थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्ड कोरोना शिक्षण अस्पताललाई हस्तान्तरण गरेको छ ।

 

दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, कोषाध्यक्ष बिद्वान गुरुगंसहितको टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हो । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै तरुण दलले ६८ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष जित जङ्ग बस्नेतले बताए  । स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाण्डौँ क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए ।