२०७८ बैशाख ४ , शनिवार

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड नपरेकाहरुको रकम फिर्ता

सुनाखरी न्युज/काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन गरिएको साधारण शेयर आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले भाद्र ३१ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर आईपीओ को कार्तिक ६ गते बाँडफाँड गरेको हो ।

 

कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँडफाँड नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी आज कार्तिक १४ गते शुक्रबार देखि गरिने जनाएको छ । आवेदकले आफ्नो आवेदन फारम उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने जनाएको छ ।
साथै उल्लेख गरिएको खातामा रकमान्तर नभएमा तथा आवेदन फाराममा बैंकको नाम तथा खाता नं उल्लेख नगरेका आवेदकहरुलाई आफुले आवेदन बुझेको कार्यलयमा आफ्नो बैकको खाता उल्लेख गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :