२०७८ बैशाख ४ , शनिवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्‍यो लाभांस घोषणा

सुनाखरी न्युज/ काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.८४ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकको ४०३ औ संञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयरसहित ४.८४ प्रतिशत नगद लाभांस घोषणा गरेको छ।

 

नेपाल राष्ट्र बैंकले उक्त लाभांस वितरणका लागि स्वीकृत प्रदान गरेसँगै बैंकले साधारणसभा आह्वान गर्न सक्ने छ। साधारणसभाले लाभांस पारित गरेसँगै शेयरधनीले उक्त लाभांस प्राप्त गर्ने सक्ने छन्।  बैंकले गत वर्ष एक अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिशेयर आम्दानी २४ रुपैयाँ भए पनि बैंकले यस वर्ष ११.८४ प्रतिशत लाभांस दिएर जगेडा कोष बलियो बनाउने नीति लिएको छ। बैंकको हालको चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ। ७ प्रतिशत बोनस शेयरपछि चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ पुग्ने छ।

 

कोभिड १९ का कारण बैंकको कर्जा बिग्रन संक्ने सम्भावना धेरै छ। यसले गर्दा बैंकले कोष बलियो बनाउने नीति लिएको छ। गएका दुई आर्थिक वर्षमा नगद लाभांस दिएकोमा यस वर्ष बोनस शेयर दिएको हो। तीन वर्ष अगाडि चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन १०० प्रतिशत बोनस शेयर दिएको थियो। नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि योजनापछि हकप्रद तथा मर्जर नभइ पुँजी पुर्‍याउने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि एक हो। बैंकले गत वर्ष २२.५ प्रतिशत नगद लाभांस दिएको थियो। यस वर्ष घोषणा गरिएको लाभांस दशकयताकै कम हो।