२०७७ चैत्र ३१ , मंगलबार

भिटेनको पारा मा प्रहरीको आपत्ति : साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालयको पत्र

सुनाखरी न्युज/काठमाडौं – एक साताअघि सार्वजनिक गरेको र्‍यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ । उत्त ‘पारा’ शीर्षकको भिडियो अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।

 

भिटेनले आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभयो । साइबर ब्युरोले पनि प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भइसकेको जानकारी दिएको छ ।