२०७८ बैशाख ३ , शुक्रवार

सानिमा बैंकले तोक्यो बुकक्लोज मिति 

सुनाखरी न्युज/ काठमाडौं- सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा प्रयोजनको लागि र्तिक १७ गते, सोमबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक १६ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

बैंकको कार्तिक ६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १६औंं वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

 

बैंकको असोज २७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्