२०७८ बैशाख ४ , शनिवार

अब कोभिड–१९ को प्रेस ब्रिफिङ आइतबार र बुधबारमात्रै

सुनाखरी न्युज/ काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबारबाट शुरु भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

उहाका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले जानकारी दिनुभयो ।