२०७८ बैशाख ३ , शुक्रवार

राप्रपा अध्यक्ष डा लोहनीले दशैंको शुभकामना दिँदै भने – संकटको समयमा सबै नेपाली कटिबद्ध भएर रोग विरुद्ध लड्न सकौ

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले विजया दशमी,शुभ दिपावली,छट पर्व,नेपाल संवतको माहान धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सवै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गरेका छन ।

 

सामाजिक सञ्जालबाट दिएको शुभकामनामा अध्यक्ष डा. लोहनीले भनेका छन् :

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विजया दशमी,शुभ दिपावली,छट पर्व,नेपाल संवतको माहान धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सवै नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु। देश आज संकटको स्थिति मा छ।कोविड १९ को माहामारि र यसप्रति सरकारि उपेक्षाले जनता सवै किसिमवाट पिडित छन।

यो संकटको समयमा सरकारले आफ्नो सानो भागवन्डा को स्वार्थ भन्दा माथि उठेर सवै नेपाली लाइ जोगाउन र उठाउन सक्रियता देखावस भनि कामना गर्दछु।साथै यो संकटको समयमा हामि सवैले पनि कटिबद्ध भयर रोग विरुद्ध लिनु पर्ने सतर्कता र सावधानी लिन सकौ भनी माता दुर्गामा प्रथाना गर्दछु।

 

लोहनी पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेपाली राजनीतिको मात्र नभई आर्थिक क्षेत्रका समेत चर्चित ब्यक्ति हुन् । राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर उनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् ।