२०७७ चैत्र ३० , सोमवार

महामारिले आक्रान्त जनतालाई केही आशा र भरोसा जगाउने काम गर

भरत महतारा – अब यहि गतिमा सक्रिय संक्रमित बढ्दै जाने हो भने positive लाई खुल्ला छाडेर negative लाई आइसोलेशन मा राख्नुपर्ने दिन धेरै टाढा छैनन् जस्तो लाग्न थालि सक्यो । काेराेना सकृय संक्रमित संख्या २५००० नाध्याे भने लकडाउन गर्ने भन्ने लकडाउन पनि नगर्ने र अस्पतालमा पनि बिरामीहरूलाई उपचार गर्न नसक्ने खाली जनताहरूलाई यसाे नगर उसाे नगर भन्ने यसरी काेराेना संक्रमण फैलिन कम हुन्छ र ?

 

अब सरकारले ठाेस निर्णय लिनु पर्छ कि कसरी सक्रमण नियन्त्रण गर्ने र संक्रमित बिरामीहरूकाे उपचारकाे ब्यवस्था कसरी मिलाउने भनेर हाेईन भने महामारीबाट ठुलाे क्षति हुन सक्छ यो भन्दा अझ बढी नेपालमा धेरै जसो जनता आजको छाक कसरी टार्ने भन्ने कुराको तनाब हुन्छ नाकी अरु केहि उसलाई नत प्रबिधिसग घुलमिल हुन छ नत् अरु केहि बस उसलाई त बेलुका परिवारको पेट कसरि भर्ने भन्ने तनाब हुन्छ । कुन गरिब नेपालीले अन लाईन सामन किन्छ र सबै धनी काँहा छन हजुर यो गरिब देश मा साबुन पनि किन्न पनि गाह्रो पर्ने हाम्रो समाजमा अहिले स्यानिटाइजर् जस्तै अन्य कुरा कसरी किन्लान र खै सरकार ? स्वास्थ्य मन्त्रालयका प्रबक्ताले समय समयमा चेतावनी दिदै आयका छन तर के गर्नु भोको पेटले खाना माग्छ रत मान्छे बाहिर निस्कन्छ जोहो गर्नका लागि बरु अब गरिब जनतालाई उचित राहातको ब्यबस्था गरेर कडा लकडाउन हुन पर्यो। अब देशकाे स्थिति त धेरै गार्‍हो अबस्थामा छ । र हामी जस्ता गरिब जनता अनि बिकास उन्मुख देशलाई धेरै नै अप्ठ्यारो रहेकाे छ र भाेगिराखेका छाै अबयस्ताे अबस्थालाई धेरै सुस्मतरिकाले प्रशासनले यस्लाइ गम्भीरतापूर्वक लिएर काम गर्नुपर्याे कडाइ हुनुपर्याे अनि अब झनकडा रुपमा काम गरियोस् कामनभएर गरिबकाे अबस्था जटिल रहेकाे छ याे स्थितलाइ केहि राहतकाे ब्यबस्था गराै। सरकार !! कोरोना को मृत्यु दर गन्दै बस ! हस्पिटल आएर जनता को हालत हेरेका छौ ?

 

संविधान को बर्खिलाप हुने गरि कोरना को उपचार त सरकारले नगरे गरिब नेपाली जनताले कसरी गर्नेछन् र सरकारले अब के गर्ने हो त? जिउ भए पो घिउ खान पाईन्छ , जनता सबै बिमारी र मरेर गए भने के को बिकास हो र पहिलो काम त जनता जोगाउने हैन र के भएको हो हाम्रो देशमा।बिरामिलाइ घरमै राख्ने भए, घरमै बसेर निको हुने भए PCR Test गरेर संख्या मात्रै किन बढाउने?? PCR test पनि जनताले आफै गरेका छन् अहिले त …. सबैकुरा घरमै बसेर हुने भए कोरोनाको नाम मा अर्बौं रुपैयाँ के का लागि र कस्का लागि आखिर अब उपचार नै नगर्ने भएपछि यो अनावश्यक कुराको मार्केटिङ किन गरिरहनु??प्रवक्तालाई पनि कुनै अस्पतालतिर काम गर्न पठाइदिनु नि बरु… दुखि गरिबले उपचार पाउथे कि न आफ्नो देशको नगरिकलाई सेवा सुबिधा कठिन परिस्थिति मा सहयोग गरेर मनोबल बढाउनुको सट्टामा उल्टै आफ्नो उपचार आफै गर्ने भन्ने अनि कुर्सिमा र देशको अभिभावक बनेर चाहिँ किन बसेको आखिर कस्का लागि अभिभाबक हो त यो सरकार ,तिनका मन्त्रि र कर्मचारीहरु माहामारिले आक्रान्त जनतालाई केही त आस थियो सरकारबाट तर अह ठ्याक उल्टो भयो ।यस्तो विपत्तिमा केही त गर्ला ।अब त्यो आस त मसानघाट पो पुगेछ ।

यस्तो माहामारि रोगको अब उपचार गर्न नसक्ने रे,,,,,,, अनि रोग र भोकले मर्न बाध्यजनतालाई कर तिर्न चै बाध्य बनाउने अनि जनतालाई आबस्यक पर्दा चाहि पाखा लाग्ने यो त अत्ति भयो हैन र ? जनताको भोटले मन्त्री, प्रधानमन्त्री भएर तिनै जनताले तिरेको कर र रेमिटेन्स बाट आफ्नो उपचार खर्चमा राज्य कोषबाट करोडौं खर्च गर्ने सरकारले अहिले जनताको सामान्य कोरोना औषधी उपचार चैं सरकारले गर्न सक्दैन आफै गर नत्र मर रे एस्तो गयर जिम्मेवारि पूर्ण उत्तर दिन पाइदैन जस्तो सरकार त्यस्तै जनता, जस्तो जनता त्यस्तै सरकार !!! सरकारले रोकथामको प्रयास गर्यो जनताले नटेर्नी, प्रयास गरेन भने जनता र प्रतिपक्षले सरकारले जनस्वास्थ्यमा खेलवाड गर्यो भन्दै हिड्ने आखिर कहिले सम्म यहि चलिरहने हो। जब सम्म सरकारको राम्रो प्रयास र जनताको इमान्दारितामा तालमेल मिल्दैन तब सम्म कुनै माइकेलालको सरकारले पनि माहामारी रोकथाम गर्न सक्दैन?जनता ले उपचार नपाएर मोर्नु पर्ने कोरना सक्रमणका बिरामीको उपाचार मा खटीएका डाक्टर र नर्स ले आफुले वोभरटाइम गरेबापतको तलब भत्ता पाच महिना देखि पाएनौ भनेर गुनासो गर्ने तर सरकार भने नेता मन्त्री र सांसदलाइ दशै भत्ता को नाम मा बैक खातामा पैसा बाड्दै हिड्ने तर जनताको स्वास्थ्यमा चै खर्च गर्न नसक्ने वाह कस्तो गजब छ मेरो सरकार सरकारले गरेको एस्तो घातक निर्णय फिर्ता हुन पर्यो यो हामि जनताको हितमा छदै छैन सरकारले यस्तो निर्णय गर्नु भनेको मेडिकल माफियालाई प्रसय दिनु हो।

 

आज सरकारले नलग्ने भने पनि सरकारी अस्पतालहरुले नै पैसा उठाउन थालि सकेका छन् र एस्लाई रोक्न आबस्यक छ । आज भोक र रोगले जनता प्रताडित भइरहेको बेला यस्तो गैर जिम्मेवारी पुर्ण अभिव्यक्तिले सारा नेपालीको मन रोएको छ। अब जनताको जनधनको रक्षा गरने जिम्मेवारी कस्ले लिने सरकार नै उल्टो फर्के पछी । सरकारले आफुलाई गाह्रो नहुदै अस्पताल नजानुस भन्ने , बिरामिले आफुलाई गाह्रो भयो एम्बुलेन्स पठाइदेउ भन्दा बिरामिको स्वास्थ्य अवस्था नै नहेरी एकै पटक बिरामीलाई ICU चाहिन्छ हाम्रोमा ICU नै खाली छैन भनी बिरामिलाइ स्वास्थ्य उपचारबाट बन्चित गर्न खोज्ने अस्पतालको यो कस्तो जिम्मेवारी हो ? यस्ता अस्पतालहरुलाई के भन्ने ? त्यस्ता अस्पतालहरु लाई चाडो भन्दा चाडो कार्बाहीको दायरामा ल्याउनु अत्यन्त आबश्यक छ । एदी सबै खर्च जनताले गर्ने भय अब मन्त्रि सांसद र राज्य कोषबाट बिनाकाममा सेवा सुबिधा लिनेहरुले सब छोड्न पर्छ र सिंहदरबारमा ताला लागाय हुन्छ अब आखिर सरकारनै जनताको जिउ ज्यानको सुरक्षा गर्न सक्दैन भने कसैलाई मन्त्रि को कुर्चीमा बस्ने अधिकार र हक छैन ।