२०७७ चैत्र ३१ , मंगलबार

दशैं बिदा हुनु अघि बढेर बन्द भयो सेयर बजार

सुनाखरी न्युज/ काठमाडौं -साताको अन्तिम दिन आज (बिहिबार) पनि शेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.५४ अंकले बढेर एक हजार ६०६.२५ मा पुगेकाे छ ।

 

नेप्से ०.५३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९१ अंकले बढेर ३१८.५६ मा पुगेको छ । कूल १८७ वटा कम्पनीकाे ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँको कारोबार भएकाे छ । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ।

 

आज कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । बैंकले १४ करोड १५ लाख ४५ हजार २ सय ३७ रुपैयाँ बराबरको गरेको छ ।