२०७७ चैत्र ३१ , मंगलबार

प्रधानमन्त्री ओलीले भटे भारतीय गुप्तचर प्रमुखलाई

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको स्वीकार गरेका छन् । उनले आफ्ना प्रेस सल्लाहकार सूर्य थापा मार्फत विज्ञप्ति जारी गर्न लगाएर बुधबार राति सामान्थ गोयललाई भेटेको स्वीकार गरेका हुन् ।

 

अनौपचारिक भ्रमणको लागि आएको जनाइएका गोयलले प्रधानमन्त्री अ‍ोलीसँग औपचारिक भेट गरेको थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा कुराकानी भएको जनाइएको छ ।

 

भारतीय गुप्तभर प्रमुखले नेपालमा आफ्ना समकक्षीसँग भेटेर कुरा गर्नुपर्नेमा सिधै प्रधानमन्त्रीसहित अन्य नेताहरुसँग भेट्नु कुटनीतिक मर्यादाविपरित भएको भन्दै बुद्धिजीवीहरुले विरोध जनाइरहेका छन् । भारतीय स्थल सेनाध्यक्ष एमएस नरवाणेको नेपाल भ्रमणको तयारी भइरहेको सन्दर्भमा गोयल नेपाल आएका हुन् ।

 

प्रेस नोटभारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री…

Posted by Prime Minister's Press Advisor on Thursday, October 22, 2020