२०७७ चैत्र ३० , सोमवार

कुमारी बैंकद्वारा लाभांश घोषणा

kumari bank

सुनाखरी न्युज/ काठमाडौं – कुमारी बैंक लिमीटेडले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

 

यो कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । कोरोना कहरका बीच बैंकले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव लगानीकर्ताका लागि सरप्राइज लाभांश बन्नसक्छ । यो प्रस्ताव बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।