२०७७ चैत्र ३० , सोमवार

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

सुनाखरी न्युज/ काठमाडौँ —

नेपालमा  पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।