२०७८ बैशाख ३ , शुक्रवार

जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी डा.बाबुराम भट्टराईलाई

सुनाखरी न्युज/ काठमाडौं – जनता समाजवादी पार्र्टीको सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी डाक्टर बाबुराम भट्टराईले पाएका छन । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईलाई सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । केन्द्रीय समितिको अध्यक्षमा भने महन्थ ठाकुर र उपेन्द्र यादव रहने छन ।

 

बैठकले डाक्टर भट्टराईले नेतृत्व गर्ने सङ्घीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि पारित गरेको छ । यसैगरी बैठकले सङ्घीय सांसद रेशम चौधरी रिहाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बाँकी निर्णयका लागि पाँच शीर्ष नेतालाई अधिकार दिएको छ । पाँच शीर्ष नेतामा डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन ।