२०७८ बैशाख ३ , शुक्रवार

नेपालमा २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा  पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।