२०७७ चैत्र ३१ , मंगलबार

प्रहरी जवान रामबहादुर साउदको पनि शव फेला

सुनाखरी न्युज/ कैलाली – कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । सँगै ड्युटीमा रहेका असईको शव भेटिएको चार दिनपछि मंगलबार उनको शव भेटिएको हो । गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए ।

 

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।​ सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो । प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ। संलग्न मध्ये केही अझै फरार रहेकोले खोजी कार्य तिब्र बनाएको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।