२०७७ चैत्र ३० , सोमवार

एनआईबिएल म्युचुअल फण्ड संचालन आएको एक वर्ष पूरा

सुनाखरी न्युज/ काठमाडौं – धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड खुलामुखी योजाना संचालनमा आएको एक वर्ष पूरा भएको छ ।

 

यसै परिपेक्षमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस फण्डको स्वचालित कारोबार प्रणाली मिति २०७७/०७/०२ का दिन देखि लागू गरिएको छ । साथै, यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत आम लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP) मा दर्ता, व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP) को किस्ता रकमको भुक्तानी, User Login दर्ता तथा User Login मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने जानकारी गराईन्छ ।

थप जानकारीको लागी NIBL Ace CapitalLtd. को प्रमुख शाखामा सम्पर्क गर्नुहोला सम्पर्क टेलिफोन नम्बर ०१४४२५२८० अथवा [email protected] मा ईमेल गर्न सक्नुहुनेछ ।