२०७७ चैत्र ३१ , मंगलबार

कलाकार शिवहरि पौडेललाई मातृ शोक

सुनाखरी न्युज/ काठमाडौं – हाँस्य कलाकार तथा चलचित्र निर्माता, निर्देशक शिवहरी पौडेलकी आमाको निधन भएको छ । कार्तिक २ गते राति १०० वर्षको उमेरमा उनकी आमा गंगादेवी पौड्यालको निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन् ।

 

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।