२०७७ चैत्र ३१ , मंगलबार

सुनको मूल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं -आइतबार सुनको कारोबार मूल्य छापावाल प्रतितोला ९४ हजार ७ सय रूपैयाँ रहेको छ । गत शुक्रबार प्रति तोला ९४ हजार ९ सय रुपैयाँ रहेको थियो । त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ रहेको छ भने चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ रहेको  छ ।

असोज शुरूमा एक लाखको हाराहारीमा पुगेको सुनको मुल्य कात्तिकको पहिलो सातासम्म आइपुग्दा प्रतितोला ९४ हजारको हाहारीमा आइपुगेको छ ।