२०७८ बैशाख ३ , शुक्रवार

भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालयका सेवा बन्द

सुनाखरी न्युज/काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज कात्तिक २ गते देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सरकारी कार्यालयका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ संक्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमणको दर अत्यधिक बढिरहेको छ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्याधिक भई सेवाग्राहीमा समेत संक्रमण फैलन सक्ने अवस्था भएकोले यस्तो निर्णय गरेको प्रशासनले जानकारी गराएको छ ।