२०७८ बैशाख ३ , शुक्रवार

कैलालीमा गस्तीमा निस्केका दुई प्रहरीमध्ये एकको शव नदीमा फेला, एक बेपत्ता

सुनाखरी न्युज/ कैलाली –  कैलालीमा गस्तीका लागि निस्किएका दुई प्रहरीमध्ये एकको शव खोलामा भेटिएको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार राति मोटरसाइकलमा गस्ती गएका एक असई र एक जवानमध्ये एक जना मृत भेटिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । शनिबार राति असई गोविन्द बिक र जवान रामबहादुर साउद मोटरसाइकल गस्तीमा गएको सूदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

 

तीमध्ये एक जनाको शव मोहना नदीको बीचमा भेटिएको छ । उक्त शव असई वा जवान कसको हो भन्ने भन्ने पत्ता लागिसकेको छैन । प्रहरीले अहिले शव निकाल्ने तयारी गरिरहेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाबाट गस्तीमा गएको टोली सम्पर्कमा नआएपछि खोजतलास शुरु भएको थियो । विहान स्थानीयले नदीको बीचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।