२०७८ बैशाख ४ , शनिवार

कोभिड -१९ कोरोना कहर बिच दशैं तिहार

किरण गिरी – आज विश्व कोरोना माहामारिको संकटमा परेको छ । यतिबेला विश्व का अधिकांश मानिसहरु लकडाउन , परिक्षण , आइसोलेसन र उपचार मा तल्लीन छ्न । नेपाल पनि त्यो चपेटाबाट बाहिर छैन । हामि पनी ०७६ चैत्र ११ गते देखी श्रावण ७ गते सम्म झण्डै चार महिना देखि लकडाउन ब्यतित गरेर आयौ ।आज कार्तिक १ गते नेपाली हरुको महान चाड दशैं शुभारम्भको दिन घटस्थापना दिनमा आइपुग्दा समेत हामीमा चाडबाडको उल्लासमय बाताबरण आउन सकेन । समाजमा निराशा मात्र छाइरहेको छ । आज नेपालमा यो माहामरी बाट १लाख २६ हजार भन्दा बढी संक्रमित भएको अबस्था छ भने ७ सय भन्दा बढी को कोरोना संक्रमण बाट मृत्यु भएको अबस्थामा नेपाल पुगेको छ ।

 

यतिबेला अब कोरोना महामारी पछि विश्व ! राजनीतिक ,आर्थिक र सामाजिक अबस्था कस्तो हुने भन्नेबहस , अनुमान र विश्लेषण चलिरहेको छ । बिस्व परिवेस बाट नेपाल अलग रहन सक्ने अबस्थामा छैन । विश्व को राजनीतिक र आर्थिक अबस्था कस्तो हुन्छ ? निर्क्यौल गर्नु अलि हतार हुन्छ तापनि अनुमान र बहस अगाडि बढिसकेको छ । यस्तो अबस्थामा हामी दशैं ,तिहार , नेपाल संवत् छट लगायतका पर्बहरुको रौनकतामा रमाउन सक्दैनौ । हामिले हरेक बर्ष मनाउदै आएको दशैं ,तिहार ,नेपाल संवत् एबं छट – नमरी बाचे , कोरोनाले साचे – अर्को साल मनाउला । जीवन रहेमात्र , जगत देखिन्छ । यतिबेला हामी आफ्नो र परिवार अनि समाजको ज्यान बचाउन र जोगाउन लागि पर्नु अत्यावश्यक देखिन्छ । अन्तर्राष्ट्रिय राजनीतिक बिस्लेषकहरु को अनुमान छ कि अबको विश्व मा फ्रान्स र चिनले बिस्वको राजनीतिक र आर्थिक नेतृत्व गर्ने छ्न । अबको ब्यपारिक केन्द्र पेरिस र संघाइ हुने छ भन्ने अनुमान गरिदै छ । त्यसलाइ परिस्थितिले संकेत गरिएको पनि छ । यो परिस्थितिमा नेपाल ले आफुलाइ कहाँ उभ्याउने हो ? थाहा छैन ।

 

अब अमेरिकाको राजनीतिक र आर्थिक बर्चस्व कायम रहने छैन भन्ने दाबी पश्चिमा हरु नै गर्न थालेका छ्न । कोरोनाले नेपाल लगायत अब विश्व को राजनीतिक र आर्थिक संतुलनमा काफी फेरबदल ल्याउने अनुमान गरिदै छ । नेपालको अबस्था आज भन्दा भोलि झन निर्भरता मुखी हुन सक्दछ । भारत वा चिन मा निर्भर रहनु पर्ने परिस्थिति आउन सक्छ । नेपालले धेरै ठूलो सचेतता , सुजबुझ र परिपक्वता आजैबाट अबलम्बन गर्नु जरुरी देखिन्छ । हामी आजैबाट मितब्ययी ,ब्यबहारिक र सरल जिवनशैली अबलम्बन गर्न थाल्नु जरुरी छ । यो अबस्थामा दशैं र तिहार हाम्रालागी प्रार्थमिकता पर्न सक्दैनन । यो बर्ष को दशैंमा हामी कुनै उत्साह र उमंगमा होइन सामान्य औपचारिकता र मितब्ययिता मनाऔं । यो हाम्रो देश र समाज प्रतिको दाइत्व पनि हो । कोरोना माहामारी पछि नेपालको सामाजिक ,आर्थिक र आम नेपाली जनताको जिवनशैलीमा ठूलो परिवर्तन आउने अनुमान सहजै गर्न सकिन्छ । रोजगारी र शिक्षा क्षेत्रमा बिदेसमा बाहिरिएको झण्डै पौने करोड नेपाली युबा जनशक्ति को भबिस्य अब के हुन्छ ? त्यसमा नेपालको सामाजिक र आर्थिक अबस्था निर्भर गर्दछ।

 

वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको ठूलो आधार हो । यसको निरंतरता र सुनिश्चितता को सबाल हाम्रो लागि अति महत्वोपुर्ण कुरा हो । ‌आज बिज्ञान लाई चुनौती दिदै विश्व भ्रमण गरिरहेको कोरोना भाइरसका कारण संसारमा एक पटक धार्मिक आस्था, मौलिक सामाजिक संस्कार र संस्कृती को भावना बिकास र बिस्तार हुने छ । मानिसहरुमा दैबी एबं इस्वरिय शक्ति प्रती आस्था र बिश्वास बड्न थाल्ने देखिन्छ । मानवमा सदाचार ,भाइचारा र सहिष्णुता को बिकास हुनु अत्यन्तै जरुरी छ । यहि सेरोफेरोमा हामिले अब चाडपर्व हरु लाई औपचारिकता मा सिमित गर्नु जरुरी हुन्छ । मानव सभ्यता र इतिहास लाई नै तहसनहस गर्ने गरि आइरहेको कोरोना महामारी यतिबेला हाम्रो सामुन्ने ठूलो चुनौती को रुपमा उभिएको छ । यसलाइ पराजित गर्नु हामी सबैको पहिलो र अनिवार्य कर्तव्य हो । सरकारको कार्यशैली र रबैया आज सम्म जनमैत्री र भ्रष्टाचार मुक्त रहन सकेन । सरकार मुलुक जनता प्रती जिम्मेवार हुन त परै जावोस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिश्वास लिनु त परै जावोस । आफ्नै पार्टी नेताहरू प्रचण्ड र माधव नेपालको समेत बिश्वास लिन सकिरहेको छैन ।

 

अब नेपाली समाजले आफ्नो , आफ्नो परिवार र मुलुक को भबिस्यको खाका आफैले कोर्नु पर्ने दाइत्व र बाध्यता भैसकेको छ । विश्व मान चित्रमा नेपालको सार्बभौम अस्तित्व र पहिचान लाई बचाउन हाम्रो बिचको सार्थक एकता ,सहमति र सहकार्य आजको आबस्यकता हो । हाम्रो अनेकता र बेमेलमा कसैले धमिलो पानीमा माछा मार्ने चाहना राख्न नसकोस । तर नेकपाको बर्तमान सरकार यश तर्फ पटक्कै केन्द्रीत छैन । नेपाली कांग्रेसले पटक आग्रह र ध्यानाकर्षण गर्दा पनि यो सरकार दुइतिहाइको उन्माद बोकेर अगाडि बढिरहेको छ । कोरोना पछिको जोखिम पुर्ण अर्थ ब्यबस्था र छिमेकी मित्ररास्ट्र भारत संग हुन सक्ने कुटनैतिक असमझदारी बाट उत्पन्न हुने संभाब्य संकटको सामना गर्न सक्षम भएर रहनु पर्ने अबस्था आउन सक्छ ।

 

यसका लागि आफ्नो जिबनसैलीमा परिबर्तन गर्दै भोलिका सबै चुनौतीहरुलाइ ऐक्यबद्धताका साथ सामना गरेर अगाडि बढ्न सक्यौं भने समृद्ध नेपाल संभब छ । के पी ओली नेतृत्वको बर्तमान सरकार बाट अब धेरै आशा गर्न सकोने अवस्था रहेन । काम कुरो एका तिर कुम्लो बोकि …….. तिर भने झै यो सरकार तीन थान मन्त्री थपेर प्रचण्ड र नेपाल लाई तह लगाउन खोज्दै छ । कोरोना बाट जनता बचाउदै जनतालाई दशैं र तिहारका लागि आम नेपाली जनता लाई सहुलियत र सुबिधा दिलाउन पर्ने सरकार आफू भित्रकै द्वन्द ब्यबस्थापनमा ३१ महिना ब्यतित गर्‍यो। यो अबस्थामा मुलुक दशैं तिहार को संघारमा उभिएको छ । यसलाई हामी तमाम नेपालीले अत्यन्तै सामान्य र औपचारिक रुपमा मात्रै मनाउनु जरुरी देखिन्छ । ता पनि एउटा पत्रकार र नेपाली कांग्रेस को सिपाही हुनुको नाताले स्वदेश तथा बिदेश मा रहनु भएका सार्बभौमसत्ताका मालिक आदरणीय नेपाली दाजु – भाइ , दिदी – बहिनी हरुमा सुख , शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लेखक -पत्रकार एबं नेपाली कांग्रेसका सदस्य हुन ।