२०७८ बैशाख ४ , शनिवार

नेपाल टेलिकमका वरिष्ठ सहायक लामिछाने बिरुद्ध भ्रष्टाचार मुद्दा

सुनाखरी न्युज/काठमाडौँ – नेपाल टेलिकम केन्द्रीय स्टोर अन्तरगत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछाने विरुद्ध ८६ लाख ८८ हजार १ सय ३२ रुपियाँ भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

 

नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीबाट गरिएको स्क्राप डिस्मेन्टल ब्याट्री लिलाम कार्यमा अनियमिता गरिएको बारे परेको उजुरीमा अनुसन्धान गर्दा दोषी पाइएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।