२०७७ चैत्र ३० , सोमवार

क्रोएसिया पठाउने भन्दै ठगी गर्ने २ पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ – महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा रहेको अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

 

उनीहरुले क्रोएसियामा राम्रो रोजगारीको प्रलोभन देखाएर ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले रकम असुलेको खुलेको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाइएको छ ।