२०७७ चैत्र ३० , सोमवार

ग्लोबल आईएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार

सुनाखरी न्युज/ काठमाडौं – मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षागार्ड रुद्र मगरमाथि खुकुरी प्रहार भएको छ । बैंकमा आएका सेवाग्राहीको लाइन मिलाउने क्रममा भएको विवादपछि एक जनाले मगरकै खुकुरी खोसेर प्रहार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

 

घाइते मगरको उपचार सिनामंगलस्थित केएमसीमा भइरहेको छ । खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए ।