२०७७ चैत्र ३१ , मंगलबार

गोर्खाका विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली काङ्ग्रेस नेपाल तरुण विभाग केन्द्रिय सदस्य ध्रुव पन्तले गोरखा नगरपालिका वडा नं १२ का विभिन्न तीन विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । वडा नं १२ को महेन्द्र मावि कुन्दुर, शान्ति आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयलाई स्वास्थ्य सामग्री बितरण गरेका हुन् ।

 

विद्यालयमा आयोजित अलग अलग कार्यक्रममा पन्तले मास्क बाह्रसय थानका दरले र पाँचपाँच लिटरका दरले सेनिटाईजर प्रदान गरेका हुन् ।कोभिड महामारीका बीच पनि विद्यालय संचालन भएकाले विद्यार्थीलाई जोखिमबाट जोगाउन स्वास्थ्य सामग्री सहयोग गरेको पन्तले बताए । उक्त कार्यक्रममा तरुण दलका जिल्ला सदस्य सुरेन्द्र कुमाल र क्षेत्रीय उपाध्यक्ष किरण आलेको पनि उपस्थिति रहेको थियो ।