२०७७ चैत्र ३१ , मंगलबार

निर्माण कम्पनीलाई कार्वाही गर्न वडा सदस्यहरुको माग

सुनाखरी न्युज/ पोखरा – सिद्धार्थ मार्ग र प्रस्याङ जोड्ने पुल निर्माण अलपत्र रहदा विभिन्न समस्या उत्पन्न भएको छ । निर्माण कार्य रोकिएको पोखरा ४ सिद्धार्थचोक र पर्साङ जोड्ने पुल निर्माण कार्य तुरुन्त थाल्न माग गर्दै पोखरा ४ का वडा सदस्यहरुले पोखरा महानगरपालिका का मेयर मान बाहादुर जिसि लाई ज्ञापन पत्र बुझाएका छन ।

 

स्थानीय बासिन्दाले पटक पटक सम्म पोखरा महानगर पालिकाका प्रमुख सङ्ग बनाउने सम्झौता गरेपनि सुनावाई नभएको स्थानिएको गुनासो छ । विभिन्न कारण देखाई ढिला सुस्ति गरेर यहाका स्थानीय बासिन्दा तथा घर भाडामा बस्ने व्यवसाहीहरू मारमा परेका छन । देशको यस्तो माहामारी त्यसमाथि पुलकोहरी बिजोक देखे र ढिलै भए पनि वडा सदस्यहरूले यस बिषयमा चासो देखाएका छन । पोखरा महानगर पालिकाकाले यथाशीघ्र निर्माण कार्य अगाडि बढोस पक्कै नि स्थानीय निकायले सम्बोधन गर्ने छ स्थानीय बासिन्दाले थोरै भए पनि राहतको महसुस गर्ने छन ।

 

ज्ञापन पत्र बुझाउने वडा सदस्यहरु पुष्कर बाहादुर श्रेष्ठ सारीता पराजुली विष्णुमाया परियार र सुवर्ण केसिले संयुक्त हस्ताक्षर गरे उक्त माग पेश गरेका हुन ।