२०७७ असार २५ , बिहिवार

नेप्से ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द

nepse

सुनाखरी न्युज/ काठमाडौं – सेयर बजार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रोपटक सर्किट लागेको हो । यससँगै अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । लामो समयपछि खुलेको बजारमा क्रेताको हावी देखिएको छ । सरकारले सुधारका कार्यक्रम अघि बढाएको छ ।

 

बैंकमा लगानीयोग्य रकम तलरता थुप्रिएको छ । जसका कारण सेयर बजार सकारात्मक गतिमा अघि बढेको हो । नेप्से सूचक ७५।७७ अंकले बढेर १३३६।५२ विन्दुमा आइपुगेको छ । सो अवधि सम्ममा ४० करोड ७३ लाख भन्दा बढीको शेयर खरिदबिक्रि भएको छ।

Share this news: