२०७७ असार २५ , बिहिवार

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

Capture

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनःसुचारु गरेको छ। एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ सँगको सहकार्यमा ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिका लाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ।

 

गत बर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोप भियान कोरोनाभाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुनसकेको थिएन। काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरुभएको छ। यो अभियानमा काठमाडौं महानगरपालिका भित्ररहेका १ लाख भन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाउने सरकारी लक्ष्य छ। सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ। कोरोनाभाइरस महामारीकै बेलामा काठमाडौं लगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ। सन्२०२० को पाँचौ महिना मे को मध्य सम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ।

 

सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो। परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिका लाई यस अभियान अन्तर्गत अनिवार्य खोप लगाउनु पर्छ। यो अभियान काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ। पहिलोचरण अन्तर्गत असार ११ गते देखि१३गतेसम्मवडानं। ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ। दोस्रो चरणमा वडा नं १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ देखि १६ गते सम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ। त्यस्तै, तेस्रो चरणमा वडा नं १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ देखि १९ गते सम्म खोपल गाइनेछ।

 

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व सीएसआर

अन्तर्गत स्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमासहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चारकेन्द्र सँग गतवर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकार लाई सहयोग पुर्याउँदै आएको छ।

 

यो हकार्यले बालबालिकाको जीवन रक्षा सँगै सन् २०२३ सम्ममादादुरा–रुबेलानिर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ। एनसेलले रकार लाई कोरोनाभाइरस सम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै खाएको छ । यस अघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो।

Share this news: