२०७७ असार २५ , बिहिवार

बारपाक सुलिकोटको क्वारेन्टाइनमा बसेका २३ जनाको रिपोर्ट नेगेटिभ

3

मिलन ढकाल/ गोरखा – बारपाक सुलिकोट गाउँ पालिकाको क्वारेन्टाइनमा बसेका २३ जनाको कोरना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारत लगायत अन्यत्रबाट फर्किएर हिमालय मा.वि मा रहेका ५ जना र सैलपुत्री मा. वि पाँच खुबा देउरालीको क्वारेन्टाइनमा बसेका १८ जना गरि २३ जनाको कोरना परिक्षण रिपोर्ट नेगेटिभ आएको गाउँ पालिका कोरना रोकथाम र नियन्त्रण समन्धी फोकल पर्सन कृष्ण भट्टले जानकारी दिनुभयो ।

 

सैलपुत्री मा।वि मा रहेका हरुको गत असार १ गते र हिमालय मा.वि को क्वारेन्टाइनमा बसेका हरुको गत असार ७ गते स्वाब संकलन गरि कोरना परिक्षणको लागि राष्ट्रीय प्रयोगशाला टेकु पठाइएको थियो प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार २३ जनामा नै कोरना संक्रमण नभएको पाइयको गाउँ पालिकाले जानकारी दिएको छ । आज रिपोर्ट नेगेटिभ आयका हरुलाई गाउँ पालिका अध्यक्ष बिष्णु भट्ट , उपाध्यक्ष सन् माया गुरुङ , प्रमुख प्रसासकिय अधिकृत गौतम भन्डारी , गाउँ पालिका कोरना रोकथाम र नियन्त्रण समन्धी फोकल पर्सन कृष्ण भट्ट लगायतको उपस्तिथिती मा ७ दिन होमक्वारेन्टाइनमा बस्ने गरि छोडीएको छ । अब गाउँ पालिकामा सुर्य ज्योति मा.वि ताकुकोट को क्वारेनटाइनमा मात्र १० जना रहेको गाउँ पालिकाले जनाएको छ ।

 

यस अघि सुर्य ज्योति मा।वि को क्वारेन्टाइनमा बसेको ३ जनामा कोरना पुष्टि भएको थियो संक्रमीत मध्य १ जना निको भएर घर फर्की सकेका छन् भने १ जना गोरखा क्याम्पस आइसुलेस्न मा र १ जना जिल्ला अस्पतालमा उपचारआर्थ छन् । भने अहिले सम्म बारपाक सुलिकोट गाउँ पालिकामा कोरना रिपोर्ट नेगेटिभ आएर घर फर्केने संख्या ११३ जना पुकेको छ ।

Share this news: