२०७७ असार २२ , सोमवार

मेगा बैंक र गण्डकी विकास बैंकको एकिकृत कारोबार गर्ने मिती सार्वजनिक

बैकिङ

Mega gandaki

सुनाखरी न्युज/ काठमाडौं – मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंकले सुचना जारी गरि एकिकृत कारोबारको मिति सार्वजनिक गरेका हुन । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गरि मेगा बैंकको नामबाट एकिकृत कारोबार गर्न लागेको हो ।

 

दुबै बैंकले जेठ २१ गते विशेष साधारण सभा सम्पन्न गरि प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । गण्डकी विकास बैंकलाई प्राप्ती गर्नको लागि मेगाले नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएको थियो । अन्तिम स्वीकृति पाएसँगै असारभित्रै एकिकृत कारोबार गर्ने तयारी दुबै बैंकले गरेका हुन । दुबै बैंकको तथ्याङ्कलाई एउटै सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि असार १९ गते दुबै बैंकको सम्पूर्ण सेवा तथा कारोबारका साथै शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर सेवा तथा अन्य बैंकिङ सेवा बन्द हुने सुचनामा उल्लेख छ ।

 

एकिकृत कारोबार पश्चात पनि ग्राहकहरुको सुविधाका लागि साबिक गण्डकी विकास बैंकबाट जारी भएको चेक तथा एटिएम कार्डलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्इवस्था समेत मिलाईएको जानकारी मेगाले गराएको छ । मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर अनुपात आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ती गरेको हो । गण्डकीलाई प्राप्ती गरेपश्चात मेगाको चुक्तापूँजी रू १३ अर्ब १३ करोड पुगेको छ । एकिकृत कारोबार पश्चात मेगा बैंकको शाखा सञ्जाल २०६ वटा पुग्नेछ ।

 

Share this news: