२०७७ असार २२ , सोमवार

मेलम्ची आयोजना उद्घाटन छिट्टैः खानेपानी मन्त्री बिना मगर

उर्जा

Bina

सुनाखरी न्युज-काठमाडौं-

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना उद्घाटनको तयारी भैरहेको बताएकी छिन्। राष्ट्रिय सभा बैठकमा खानेपानी मन्त्रालयको बजेट माथि जवाफ दिने क्रममा मगरले असार भित्रै मेलम्चीको सुरुङको परीक्षणको तयारी भैरहेको बताएकी हुन्।

 

राष्ट्रिय सभा बैठकमा सांसद अनिता देवकोटाले जहिल्यै आगामी आर्थीक वर्षमा पूरा हुन्छ भनेर सरकारले भन्ने गरेको भएपनि पूरा नभएको विषयमा प्रश्न सोधेकी थिइन्। जवाफमा मन्त्री मगरले नयाँ आर्थिक वर्षबाट आयोजना सञ्चालनमा अगाडि बढ्ने दावी गरिन्।

 

उनले आगामी आर्थीक वर्ष भित्र मेलम्ची आयोजनाको पहिलोचरणको प्रारम्भिक कार्य समेत पूरा हुने बताइन्।

Share this news: