२०७७ असार २२ , सोमवार

शान्ति मिसनमा जाने नेपाली सेनाको स्वास्थ्य परीक्षण

स्वास्थ्य

nepali army

सुनाखरी न्युज/काठमाडौं – शान्ति मिसनमा जाने ११ सय २६ जना नेपाली सेनाको स्वास्थ्य परीक्षण गरिएको छ ।  संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गतको रोटेसन अनुसार सेनाले सुडान, माली, कार र लिबियामा आफ्ना १ हजार १ सय २६ सैनिकलाई पठाउने अन्तिम तयारी गरेको हो ।

 

मिसनमा जाने टोलीको स्वास्थ्य परीक्षणपछि सबैलाई क्वारेन्टिनमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । यस अघि मिसनका गएकाहरु कोरोना भाइरस महामारीका कारण स्वदेश फर्किन पाइरहेका छैनन । यताको टोली पुगेपछि मात्र उनीहरु फिर्ता हुने सेनाले जनाएको छ । १ तारिखमा एउटा समूह दक्षिण सुडान प्रस्थान गर्नेछ । यस्तै, ५ तारिखमा अर्को समूह कार प्रस्थान गर्नेछ । यस्तै, ७ तारिखमा माली र १५ तारिखमा लिबिया गरी दुई समूह जानेछन् ।

 

मिसनका लागि दक्षिण सुडानमा ७ सय, कारमा ५८, मालीमा १ सय ३८ र लिबियामा २ सय ३० सैनिक जाने सेनाले जनाएको हो । सैनिक प्रवक्ता पाण्डेका अनुसार युएन हेडक्वार्टरले मिसनमा जाने सैनिक पठाउने जहाजको भाडादर सेनासँग मागेको र सोको विवरणसमेत पठाइएको जानकारी दिएका छिन ।

Share this news: