२०७७ असार २२ , सोमवार

११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए २२ अर्ब ३७ करोड भन्दा बढी बीमाशुल्क

बीमा

2

सुनाखरी न्युज/ काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट सो बीमा शुल्क आर्जन गरेका हुन् ।

 

बीमा समितिबाट उपलब्ध तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १९ वटा कम्पनीले २२ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका हुन् । समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको सो अवधिको प्रिमियम संकलनको विवरण समावेश गरिएको छैन् । चालु आवको जेठ मसान्तसम्म १ वटा निर्जीवन बीमा कम्पनीले २ अर्ब बढी र ९ वटा कम्पनीले १ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । साथै ७ वटा कम्पनीले ५० करोड रुपैयाँ बढी र २ कम्पनीले ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

 

यसैगरी जेठ मसान्तसम्म अर्ब बढी बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको सुचीमा एनएलजी १ अर्ब ५१ करोड रुपैयाँ, प्रिमियर १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु १ अर्ब २६ करोड रुपैयाँ, आइएमइ जनरल १ अर्ब १८ करोड रुपैयाँ, हिमालयन जनरल १ अर्ब १५ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी अर्ब बढी शुल्क आर्जन गर्ने कम्पनीमा सुचीकृत भएका छन् । बीमा समितिको तथ्यांकअनुसार चालु आवको ११ महिनासम्म १ अर्ब रुपैयाँभन्दा कम र ५० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा नेपाल, पुण्डेन्सियल, दि ओरेन्टीयल, एभरेष्ट, अजोड, नेशनल र युनाइटेड इन्स्योरेन्स रहेका छन् । यस्तै, चालु आवको जेठ मसान्तमा ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।

Share this news: