२०७७ असार २२ , सोमवार

नेविसंघले भन्यो विश्वविद्यालय कार्यकर्ता भर्ती केन्द्र भयो

शिक्षा

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विश्वविद्यालयलाई सत्तारूढ दलले राजनितिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाएको छ। विश्वविद्यालय नेकपाभित्रको आन्तरिक गुटगत भागबन्डा गर्ने थलो बनाई कार्यकर्ता भर्ती केन्द्र बनाउनु लज्जास्पद भएको नेविसंघको भनाइ छ।‘विश्वविद्यालय नेकपाको कार्यकर्ता भर्ती केन्द्र बनाउनु बिडम्वनापूर्ण र लज्जास्पद छ,’ नेविसंघ अध्यक्ष राजीव ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राज्ञिक मर्यादा कायम राखियोस्।

 

आइओएमको डिन नियुक्ति तुरून्त खारेज गर्न पनि नेविसंघले माग गरेको छ। त्रिविले हालै डिनमा दिब्या सिंह शाहलाई नियुक्त गरेको थियो। बरिष्ठता र प्राज्ञिक मर्यादा कुल्चदै आइओएममा डिन नियुक्त गरिएको नेविसंघको आरोप छ। यस्तै पोखरा विश्वविद्यालयमा भिसी, रजिष्ट्रार नियुक्त गर्न पनि नेविसंघले माग गरेको छ।

हेर्नुस् विज्ञप्ति

Share this news: