२०७७ असार २२ , सोमवार

नीति र नैतिकताको हार, शिक्षाको ब्यापार !

सम्पादकीय - विचार

Ashok Tiwari

अशोक तिवारी – सरकारले विद्यालय नखुलेको बेला र अनलाइन पठनपाठन को कुनै शुल्क नलिन बारम्बार गर्र्दै आएको आग्रहलाई चुनौती दिदै निजी विद्यालय सञ्चालकका सङ्गठन ले विज्ञप्ति नै निकालेर विद्यालय चरम आर्थिक संकट मा रहेको भन्दै अभिभावकलाई सामाजिक दूरी कायम गरी शुल्क तिर्न आग्रह गरेका छन् ।

 

निजी विद्यालयका मालिकका यो अनैतिक कार्यको चौतर्फी आलोचना भइरहेकै बेला विभिन्न विद्यार्थी संगठनहरुले पनि निजी विद्यालयलाई शुल्क नतिर्न अभिभाबहरुलाई अपिल गरेका छन् । विद्यालय नखुलेको र कक्षा सञ्चालन नभएको बेलाको पनि शुल्क लिने कुराको विद्यार्थी संगठनहरुले विरोध गरको हुन् । मै लाउ मै खाउ भन्ने सोच भएका निजी विद्यालयका मालिकको यो अनैतिक कार्यको प्रत्यक्ष मारको शिकार भने कर्मचारी र शिक्षक बर्गलाई परेको छ । गत शैक्षिक सत्रको शुल्क लिइसके पनि आफ्ना कर्मचारी र शिक्षक शिक्षिकालाई चैत्र माहिनाको पारिश्रम नदिँदा ठूलो समस्या को सामना गर्न परेको गुनासो शिक्षक बर्गबाट आइरहेका छन्।

 

हिजो को दिनमा यिनै शिक्षक को साहारा मा स्कुल सञ्चालन गरेका निजी विद्यालयका मालिक ले बिर्सनु हुन्न भोलिका दिनमा यहीं शिक्षक चाहिन्छ तसर्थ बिना संकोच बिना शर्त तलब दिनुपर्छ , भन्नुहोला कहाँ बाट दिनु रु चैत्र को मासिक शुल्क लिसकेको अवस्था छ बाकी भर्ना शुल्क बापत को रकम बाट । निजी विद्यालय को भर्ना बापत को रकम हराइसकेको छैन , हदै भए चार महिनाको मासिक शुल्क गुम्ला यती हुदैमा रोइलो गर्नुपर्ने अवस्था हुँदैन । तर पनी यदी निजी विद्यालयको यो रवैयाको शिकार शिक्षक हुनुपर्छ भने चैत्र देखी असार सम्म चार महिना बिना तलब बाँच्ने परम्पुज्य गुरुदेबहरु स्कुल खुलेपछी पनि अर्को चार महिना हामी पढाउन आउदैनौ भनेर अडान राख्नुस त्यो अवस्था मा हामी आभिभाबक एक भएर गुरु दक्षिणा स्वरुप आर्थिक सहयोग गरौला। शिक्षाको नाममा हुने ब्यापारको विकृति बिसङतीको बिरुद्ध यहाँ हरु नलडे को लड्ने ?

 

ठीक कुरा हो निजी विद्यालय का सञ्चालक भएर सोचौ , स्कुल जग्गा भाडामा लिएर टहरा बनाएर सञ्चालन गर्नपर्छ नकी लोन लिएर भव्य पाँच तल्ले भवन बनाएर , मासिक शुल्क ले प्रशासनिक खर्च चलाएर भर्ना बापत लिने शुल्क विद्यालय को अतिरिक्त कमाई हो अझ भनौँ यो पुर्णतया नाफा हो , संकट को घडी मा यहीं रकम ले शिक्षक शिक्षिका लाई तलब दिन पर्छ । तिन तिन महिना सम्म तलब रोक्ने अनि रोइलो गरेर अभिभाबक लाई फि तिर भन्न पाइन्छ रु देश संक्रमणकालीन अवस्था मा गुज्रीरहेछ निजी विद्यालय मा सन्तान पढाउने सबै धनी बर्गका छैनन जागिर होटल रेस्टुरेन्ट प्रेस लगायत बिभिन्न सस्थामा काम गर्नै बिना तलब बसिरहेका छन तिनिहरुका सन्तान पनि निजीमा पढ्ने विद्यार्थी हुन् अब के तिनिहरुले घर जग्गा बेचेर फि तिर्ने तपाइँ आफै सोच्नुस ! अर्को कुरा बस शुल्क भनेर महिना मा तिन हजार शुल्क लिने , बसमा कोचाकोच विद्यार्थी खाद्ने अनि आज स्कुल बस बस्यो खर्च भएन भन्न पाइन्छ रु एउटै बिकल्प विद्यार्थी संग उठाएर जम्मा पारेको रकम ले यो बेला काम चलाउने । निजी विद्यालय का मालिक ले यो पनि बुझ्नु जरुरी छ अभिभावक तपाईंको स्कुलको ब्यवसायिक साझेदार होइनन् रु घाटा हुँदा रोइलो गर्ने रु हिजो नाफा कमाउदा अभिभावक लाई मुनाफा बाड्नु भयो की आर्थिक अवस्था कमजोर हुँदाहुँदै सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भनेर आम्दानिको आधा हिस्सा खर्च गरेर यहाको स्कुलमा भर्ना गर्दा पुर्ण छात्रवृद्धि दिनुभो !

 

उज्ज्वल भबिश्य को कल्पना गर्र्दै आफ्ना सन्तती तपाइको हातमा सुम्पने निजी विद्यालय का मालिकहरुले बुझ्नु जरुरी छ की अभिभाबक भनेका हाम्रा आधार हुन् कठिन परिस्तिथिमा अभिभाबकलाई कुनै दवाब दिन हुँदैन , असार सकिदा सम्म र अझ पर गए साउन को समेत गरेर चार महिना को मासिक शुल्क गुम्ने हो भर्ना शुल्क कतै जाने होइन तसर्थ धैर्यता नगुमायौ र अर्को कुरा कर्मचारी र शिक्षक वर्ग सस्थाका गुडविल हुन् यो सानो समस्या पर्दा उनिहरुको मनोबल गिराउने काम नगरौ । राज्यलाई नै चुनौती दिदै आफ्ना कर्मचारिको तलब रोक्ने तर अनैतिक रुपमा अभिभाबकलाई दुई घण्टा अनलाईन पढाएको भनेर शुल्क तिर्न दबाब दिने कार्य बन्द गरौं । सोच्नुस भोलिका दिनमा अभिभाबक र गुरुबर्ग एक भएर यो बेथितिका विरुद्ध खनिए भने तपाइहरुको हालत के होला !

Share this news: