२०८२ फाल्गुन २८ , बिहिवार

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्वकेन्द्रीय अध्यक्ष भवानी थानीकी ममतामयी माता तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीकी हजुरआमा थानीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । थानीको आइतबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको होे । स्वर्गीय थानीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । थानीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले थानीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
रासस